एक झलक

रुखर्च भएको रकम

रु ४०,५४,७८५

कुल लाभान्वित संख्या

२१३७

युवा९६६

बालबालिका११७१

हाम्रो बारेमा

नेपालमा तीन हप्ताको अन्तरालमा गएका ७.८ र ७.३ म्याग्नेट्युडका दुई शक्तिशाली भूकम्पहरुले आठ लाखभन्दा बढी मानिसहरु प्रभावित भए । पहिलो भुूकम्पलाई ८० वर्षपछिको विनाशकारी भूकम्प मानिएको छ । जसमा परी हजारौंले ज्यान गुमाएका थिए भने धेरै घाइते भए । भूकम्पले गर्दा ग्रामिण क्षेत्रमा रहेका घरसम्पत्ति, व्यापार–व्यवसाय र आधारभूत पूर्वाधारहरु पूरै ध्वस्त भएका थिए ।

यस महाविपत्तिले गर्दा वर्षाको समयमा पनि पहिरो र बाढीबाट बारम्बार प्रभावित हुने हिमाली क्षेत्रका विकट गाँउहरुमा ढुङ्गामाटाका घरमा बस्ने विपन्न बासिन्दाहरु बढी प्रभावित भएका थिए । भूकम्पले उनीहरु बस्ने घर भत्काएको थियो । भौतिक क्षति संगसंगै स्थापित संरचनाबाट आफ्ना तत्कालिक र अल्पकालीन आवश्यकता पूरा नहुदा प्रभावित मानिसहरुमा डरत्रास, आक्रोष, दिक्दारी र निराशापन बढ्दै गएको छ । एनसेलले दूरसंचार र आफ्नो नेटवर्कलाई चुस्तदुरुस्त राख्नुका साथसाथै हेल्प नेपाल नेटवर्क र क्लिन अप नेपालमार्फत प्रभावित समुदायलाई सहयोग गरेको थियो । जसमध्ये अल्पकालीन राहतकार्यमा अस्थायी टहरा र चर्पी बनाउने, सचेतना कार्यक्रम र स्वास्थ शिविरहरु सन्चालन गर्ने जस्ता काम गरेको थियोे भने दीर्घकालीन रुपमा पुर्ननिर्माणका कार्यहरु, जस्तै विद्यालयमा पक्की चर्पी बनाउने काम गरेको थियो।

एनसेलले दूरसंचार र आफ्नो नेटवर्कलाई चुस्तदुरुस्त राख्नुका साथसाथै हेल्प नेपाल नेटवर्क र क्लिन अप नेपालमार्फत प्रभावित समुदायलाई सहयोग गरेको थियो । जसमध्ये अल्पकालीन राहतकार्यमा अस्थायी टहरा र चर्पी बनाउने, सचेतना कार्यक्रम र स्वास्थ शिविरहरु सन्चालन गर्ने जस्ता काम गरेको थियोे भने दीर्घकालीन रुपमा पुर्ननिर्माणका कार्यहरु, जस्तै विद्यालयमा पक्की चर्पी बनाउने काम गरेको थियो।