एक झलक (क्लिन अप नेपाल)

रुखर्च भएको रकम

रु ४०,५४,७८५

प्रत्यक्ष लाभान्वित संख्या

९०५

शिक्षक६३

विद्यार्थी८४२

क्लिन अप नेपालको बारेमा

क्लिन अप नेपाल सन् २०१४ मा स्थापना भएको गैर नाफामुलक गैर सरकारी संस्था हो| यस संस्थाको मुख्य उदेश्य भनेको फोहोर व्यवस्थापन, सफा पानी, सरसफाई, तथा स्वच्छता प्रणालीमा समुदायको पहुँच बढाउनु र यस सम्बन्धि जानकारी तथा संसाधन उपलब्ध गराई रोग मुक्त जीवन बाँच्न सक्षम बनाउनु हो| क्लिन अप नेपालले सर्वसाधारण र सान्दर्भिक निकायहरुलाई आत्मसाथ गरी सामुदायिक सरसफाई तथा स्वच्छता सुधार गर्न सक्षम वातावरण प्रदान गर्ने कार्य गर्दछ। क्लिन अप नेपालका मुख्य कार्य यस प्रकार छन्:

१. विध्यमान ठोस फोहोर व्यवस्थापन प्रणाली को सुधार र कुनै व्यवस्था नभएको स्थानमा नयाँ प्रणाली स्थापना गरी जन स्वास्थ्य तथा वातावरण सुधार गर्ने
२. सरसफाई तथा स्वच्छता सम्बन्धि शैक्षिक कार्यक्रम तथा चर्पी निर्माण मार्फत रोग जन्य मृत्यु घटाउने

क्लिन अप नेपालको कार्यक्षेत्रमा- फोहर व्यवस्थापन, पानी, स्वच्छता, सरसफाईलाई दिगो जीवन यापनका उपाय संग जोडदै, अनुसन्धान र वकालत गर्ने कार्य पर्दछ| नेपाली परिवेशमा फोहोर व्यवस्थापनको चुनौतिको बारेमा बुझ्न र त्यस को समाधान गर्न क्लिन अप नेपालले फोहोरको स्थलगत अध्ययन र अनुसन्धान गरी सम्भावित सुधारको योजना बनाउँछ र कार्यान्वयन गर्दछ| अधिक जानकारीको लागि क्लिन अप नेपालको वेबसाइट र फेसबुक हेर्नुहोस्|

स्वच्छ विद्यालय प्रोजेक्टको बारेमा

२०७२ साल बैशाख १२ को महाभूकम्प पछि क्लिन अप नेपाल राहत र पूर्णनिर्माणमा कार्यमा निकै सक्रिय थियो| निकै पारदर्शी रुपमा क्लिन अप नेपालले आफ्नो कोष मार्फत १९,००० भूकम्प प्रभावितहरुलाई खाध्यान्न र खाने पानीको व्यवस्था गरेको थियो| यसै गरी ३०० अस्थाई घर निर्माण गर्नुका साथै ग्रामीण जिल्लामा २००० भन्दा बढी घरपरिवारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वच्छता सम्बन्धि सामाग्रीहरु वितरण गरिएको थियो|

त्यति मात्र नभई क्लिन अप नेपाल भूकम्प पछि शौचालय निर्माण र स्वच्छता र सरसफाई सम्बन्धि शिक्षा कार्यक्रममा सक्रिय भएको छ| Ncell को सहयोगमा क्लिन अप नेपालले चारवटा सरसफाईको पूर्ण सुविधा नभएको सरकारी विद्यालय शौचालय निर्माण थालेको छ| यसबाट १,०७६ विध्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्| शौचालय निर्माण भइरहेको चार विद्यालय काठमाडौँको साँखुमा श्री भाग्योदय उच्च माध्मिक विद्यालय, काभ्रेको देउपुरमा श्री बालुवा उच्च माध्मिक विद्यालय, नुवाकोटमा श्री पन्चकन्या माध्मिक विद्यालय र श्री क्षेत्रपाल निम्न माध्मिक विद्यालय हुन्|

क्लिन अप नेपालको स्वच्छ विद्यालय कार्यक्रममा स्वच्छता, परिवार स्वच्छता, समुदाय स्वच्छता, र दिगो सामुदायिक जीवितशैलीको बारे चार चरणको कार्यगोष्ठी रहेको छ| माथि उल्लेखित चारवटा विद्यालयका शिक्षकहरुलाई प्रशिक्षित गरिनेछ र त्यसपछि सोही शिक्षकहरुले परियोजनाको नौ महिना अवधिमा विद्यालयका विद्यार्थीहरूलाई यो स्वच्छता शिक्षा प्रदान गर्नु हुनेछ | आगामी दिनहरुमा सो गोष्ठीलाई विद्यालयको पाठ्यक्रमको भागको रूपमा निरन्तरता दिईनेछ |